२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

काभा वुमन्स भलिबल: पहिलो खेलमा नेपालको जित

काठमाडौं– आजबाट सुरु भएको काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले जित हासिल गरेको हो ।

प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरान सहभागी छन् । खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ। लिगको शीर्ष चारमा रहने टोली सेमिफाइनल खेल्नेछन् ।

सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल साउन २२ गते हुनेछ ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण १७

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP