२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

काभा नेसन्स लिग आजदेखि: उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं– काभा नेसन्स लिग भलिबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले आज (बिहीबार) श्रीलंकाविरुद्ध खेल्दैछ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन्। सो खेल आज साँझ पौने ६ बजे सुरु हुनेछ।

लगातार दोस्रो पटक घरेलु मैदानमा काभा नेसन्स लिग खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ।

लिगको दोस्रो खेलमा नेपालले १९ गते शनिबार भारतसँग, साउन २० गते आइतबार इरान र लिग चरणको अन्तिम खेलमा साउन २१ गते सोमबार मालदिभ्ससँग खेल्नेछ।

पाँच टोली सहभागी लिगको शीर्ष स्थानमा रहने चार टोलीले सेमिफाइनल खेल्नेछन्।

पहिलो सेमिफाइनलमा अंक तालिकाको शीर्ष र चौथो स्थानमा रहने टोलीले खेल्नेछन्। दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले स्पर्धा गर्नेछन्। सेमिफाइनल खेल २२ गते मंगलबार हुनेछ।

सेमिफाइनलको विजेताले फाइनल खेल्दा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। फाइनल खेल साउन २३ गते बुधबार हुनेछ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण १७

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP