२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौं– कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। मिर्गौला रोगका बिरामी नकर्मीको उपचारका क्रममा वीर अस्पतालमा गएराति निधन भएको कीर्तिपुर नगरपालिकाकी उपमेयरको सचिवालयले जनाएको छ।

बिहीबार राति १०ः४० बजे वीर अस्पतालमा नकर्मीको निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यको सचिवालयका केशव महर्जनले जानकारी दिए।

नकर्मी नेपाली कांग्रेसबाट गएको स्थानीय निर्वाचनमा कीर्तिपुरको मेयरमा विजयी भएका थिए। उनी कांग्रेस काठमाडौँका उपसभापतिसमेत थिए।

कीर्तिपुरको मेयरमा निर्वाचित भएपछि नकर्मीमा मिर्गौलामा समस्या देखिएको थियो। त्यसयता उनले डायलसिस गराउँदै आएका थिए।

श्रद्धाञ्जलीका लागि आज शुक्रबार बिान ९ बजेदेखि ११ बजेसम्म नकर्मीको शव कीर्तिपुर नगरपालिका परीसरमा राखिने महर्जनले बताए।

उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

वामपन्थीको प्रभाव रहेको कीर्तिपुर नगरपालिकामा पहिलोपटक कांग्रेसको तर्फबाट नकर्मी मेयरमा निर्वाचित भएका थिए। उनी कीर्तिपुरमा लोकप्रिय थिए।

उनले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मतान्तरले पराजित गरेका थिए। नकर्मी २०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण ११

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP