२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

अछाममा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको सडकमै मृत्यु

अछाम– अछाममा हिँडिरहेका बेला भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका–३ की ३६ वर्षीया बसन्ती बोगटीको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

आज दिउँसो मंगलसेन–३ गाध्यभीर स्थित मंगलसेन–सुवाखांद बस्ति सडक खण्डमा जंगलबाट बाख्रा चराई घरतर्फ ल्याउने क्रममा सडक माथिको भिरबाट खसेको ढुंगा टाउकोमा लागि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

 

Related News

बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
  • २०८१ श्रावण १

  दिपायल – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण...

TOP