२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

प्रोत्साहन भत्ता नपाएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा आन्दोलनको चेतावनी

डडेल्धुरा– डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकले असार २८ गतेदेखि आन्दोलनको चेतावनी दिएका छन् । एक स्वास्थ्य संस्था, एक चिकित्सक कार्यक्रम मार्फत् आर्थिक बर्ष २०८०/०८१ को प्रोत्साहन भत्ता नपाएको चिकित्सकहरुको गुनासो छ।

अस्पतालमा कार्यरत २५ भन्दा बढी चिकित्सकले उक्त भत्ताका विषयमा सुनाइ नभएको भन्दै आन्दोलन गर्न लागेको तीमध्येका एक डा रोशन शाहले बताए।

एक वर्षसम्म भात्ता नपाएकोले आफुहरु असारको अन्त्यमा आन्दोलन गर्ने बाध्य भएको डा शाहको भनाइ छ।

उक्त कार्यक्रमको लागि सरकारले बजेट छुट्याएको भन्दै डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय र स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयलाई सम्बोधन गर्दै पत्र लेखिएको छ। यदि माग सम्बोधन नभए आगामी २८ गतेबाट इमर्जेन्सी बाहेक सबै सेवा बन्द रहने उनीहरुको चेतावनी छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ असार २७

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP