दिपायल– शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण सुदूरपश्चिमका तीन राजमार्ग अवरुद्ध भएका छन् । बाढी पहिरोका कारण तीन राजमार्ग अन्तरगतका चार ठाउँमा पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण सुदूरपश्चिमका चार वटा सडक खण्डमा सवारी आवागमन ठप्प भएको जानकारी दिएको छ ।
बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–७ मालाभीर अन्तरगत पर्ने जयपृथ्वी राजमार्ग दुई ठाउँमा अवरुद्ध भएको छ । त्यस्तै अछाम जिल्लाको साँफेबगर नगरपालिका–१३ अन्तरगत पर्ने साँफे–मार्तडी हाईवे पूर्णरुपमा बन्द भएको छ ।
उता दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका– ३ मा गोकुलेश्वर दार्चुला हाईवे पूर्णरुपमा बन्द भएको छ । उक्त क्षेत्रहरुमा यातायात ठप्प छ ।
दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...