२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

बयालपाटा अस्पतालमा भर्ना भएका ४८ जना बिरामीलाई फलफूल वितरण

अछाम– पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापती गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको छ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नंं.१ को आयोजनामा अस्पतालमा भर्ना भएका ४८जना बिरामीलाई फलफूल वितरण गरिएको क्षेत्रीय सभापती कृष्ण बुढाले जानकारी दिए।

कांग्रेस क्षेत्रीय सभापती कृष्ण बुढाको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रममा पूर्व पार्टी सभापती एवं ममहासमिती सदस्य भरत कुमार स्वाँर प्रमुख अथिति रहेका थिए।

प्रमुख अथिति रहेका नेता स्वाँरले स्व गिरिजा प्रसाद कोईरालालाई स्मरण गर्दै उनको योग्दानमा देशमा गणतन्त्र स्थापित भएको बताए। स्व कोइरालाले देशमा शिक्षा, स्वास्थ्य र विकासमा ठुलो योग्दान दिएको नेता स्वाँरले स्मरण गरे।

फलफुल वितरण कार्यक्रममा पार्टी उपसभापती अर्जुन ताम्रकार, क्षेत्र नं. २ का सभापती पुष्पराज शर्मा, जिल्ला समन्वय समिती अछामका प्रमुख ललितबहादुर कुवँर लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

Related News

बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
  • २०८१ असार १९

  दिपायल – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण...

TOP