![]()
काठमाडौँ- नेपालमा रोबोटबाट अप्रेसन भएको छ । ललितपुरको बिएण्डबी अस्पतालमा रोबोटिक सर्जरी भएको हो ।
बिएण्डबी अस्पतालमा कार्यरत वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले रोबोटबाट अप्रेसन गरेकी हुन् । उनले रोबोटबाट एकैदिन ३ जना महिलाहरूको अप्रेसन गरेकी हुन् ।
रोबोट प्रयोग गरेर नेपालमा पहिलो पटक अप्रेसन गरिएको अस्पतालको दाबी छ ।
ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोट प्रयोग गरेर ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिस्ट र ३४ वर्षकी महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् ।
रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । रोबोटिक सर्जरी स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको अप्रेसनमा पनि प्रयोगमा ल्याइने अस्पतालले जनाएको छ ।
रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ अप्रेसन गर्नसकिने डा. शर्माले बताइन् । रोबोटबाट अप्रेसन गर्दा जटिलताको जोखिम घटाउने र अप्रेसन परिणामहरूमा सुधार ल्याउने उनले बताइन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...