
दिपायल – शिखर नगरपालिकामा सञ्चालित दुई दिने आँखा शिविरमा दुई सय ६७ जना विरामीले सेवा लिएका छन् । नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र शिखर नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

शिखर नगरपालिका – ६ तलकोट स्थित हरिहर माविमा शिविरको आयोजना गरिएको थियो । शिविरमा दुई सय ६७ जनाले आँखा जाँच गराएको वडाध्यक्ष धिर्क बहादुर सिंहले बताए।
शिविरमा सेवा लिने बिरामीहरूको आँखा जाँच, उपचार, चस्मा वितरण तथा विषेशज्ञ परामर्श दिइएको थियो । आँखामा मोतिबिन्दुको समस्या देखिएका ६७ जनाको शल्यक्रिया गरिएको थियो । गेटा आँखा अस्पतालका डा. स्माध अधिकारी सहितको टोलीले सेवा दिएको थियो ।

शिविर असार १४ गते देखि १५ गतेसम्म सञ्चालन गरिएको थियो । आईतबार डाक्टर सहितको टोलीलाई नगरपालिकाले धन्यवाद सहित एक कार्यक्रमका बीच विदाई गरेको छ।
नगर प्रमुख दीर्घ बहादुर बलायरले नगर सरकार जनस्वाथ्यलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । ” हामीले शिक्षा, स्वाथ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । जनस्वास्थ्यमा सुधार गर्नु हाम्रो प्रमुख लक्ष रहेको छ । बिरामीहरुलाई मोतिबिन्दुको समस्या बढी देखिन थालेपछि हामीले त्यसको उपचार, अप्रेसनका लागि पटक – पटक शिविर सञ्चालन गर्दै आएका छौं,” उनले भने ।”

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...