२०८३ भाद्र १८, बिहीबार
September 3, 2026, Thursday

एनएचपिसीले बुझायो एसआर-६ र पश्चिम सेतीको मस्यौदा डिपिआर


दिपायल- भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र एसआर–६ जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।

लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीका अनुसार एनएचपिसीले आज मात्रै डिपिआरको मस्यौदा बुझाएको हो । कम्पनीले डिपिआरको मस्यौदा बुुझाएसँगै आवश्यक अध्यन प्रक्रियापछि अन्तिम डिपिआर तयार हुने उनले बताए ।
यसअघिको अध्ययनमा एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर र पश्चिम सेती आयोजनाको लागत एक हजार तीन सय २० मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।

४५० मेगावाट क्षमताको एसआर–६ र ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाका लागि २०७९ भदौ २ गते लगानी बोर्ड र एनएचपीसी लिमिटेडबिच सम्झौता भएको थियो ।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०८१ असार ५

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP