२०८३ जेष्ठ २०, बुधबार
June 3, 2026, Wednesday

शिखर सरकारको नीति तथा कार्यक्रम : ११० जना युवालाई स्वरोज बनाइने

दिपायल- शिखर नगरपालिकाले नगरका एक सय १० जना युवाहरुलाई स्वरोजगार बनाउने नीति पारित गरेको छ । नगर सरकारले “युवासँग मेयर” स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गरेर युवालाई स्वरोजगार बनाइने जनाएको छ ।

बुधबार १५औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उप–प्रमुख सुनिता रावल जोराले नयाँ आर्थिक वर्षमा एक सय १० जना युवाहरुलाई स्वरोजगार बनाइने बताइन् ।

एक वडाका १० जना युवाका दरले ११ वडाका एक सय १० जना युवालाई प्रत्यक्ष स्वरोजगार बनाइने नगर सरकारले जनाएको छ । युवाहरु प्रत्यक्षरुपमा स्वरोजगारीसँग जोडिने खालका सिपमुलक तालिमहरु (जस्तै ः सवारी चालक, विद्युत मर्मत, मोवाइल मर्मत, कपाल काट्ने, ब्यूटी पार्लर, फोटो भिडियो स्टुडियो ) प्रदान गरिने नगर प्रमुख दीर्घ बलायरले बताए ।

स्वरोजगार मुलक तालिम लिएर व्यवसायमा जोडिएका युवाहरुलाई आवश्यकताका आधारमा अनुदानको समेत व्यवस्था गरिने उनले बताए ।

उद्यम विकास सम्बन्धि नीतिमा नगरपालिकाले युवा उद्यमशीलता विकास कार्यक्रम मार्फत युवालाई विदेश होइन विजनेश भन्ने भावनाको विकासका लागि स्वरोजगार उन्मुख तुल्याउँन युवाहरुलाई अभिप्रेरित गरी सामाजिक तथा उद्यमशिल क्षेत्रमा उत्कृष्ट कार्य गर्ने युवालाई नगर युवा उद्यमी पुरस्कार प्रदान गर्ने उल्लेख छ ।

त्यस्तै, अनुदानमुलक कार्यक्रमहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन “उत्पादन गर, अनुदान लैजाउ कार्यक्रम” पनि सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ असार ५

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP