२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

अदालतको आदेश लत्याउँदै व्यापारिक घरमा भिमदत्तको डोजर चल्यो

धनगढी– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च अदालतको आदेश लत्याउँदै एक व्यापारिक घरमा डोजर चलाएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित सिद्ध विनायक किराना स्टोर रहेको घरमा डोजर चलाएको हो।

जेठ २८ गते उच्च अदालतले उक्त भवनमा कुनै पनि क्षति नपुर्‍याउन भनी अन्तरिम आदेश दिएपनि सोको पालना नगरि नगरपालिकाले डोजर चलाएको पीडितको गुनासो रहेको छ। न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निवेदनको किनारा नहुन्जेलसम्म किराना स्टोरलाई हाललाई नभत्काउनु, नतोड्नु तथा कुनै पनि क्षति नपुर्‍याउनु भनी अन्तरिम आदेश दिएको थियो।

२०७० सालदेखि व्यापार गर्दै आएकी सुधा झाले भनिन् –‘तत्कालीन नगर विकास समितिसँग सम्झौता गरी २० वर्षका लागि लिजमा लिएर व्यापार गर्दै आएको थिएँ। अचानक नगरपालिकाले कुनै जानकारी नदिई पसलमा डोजर चलाएको छ।’

उनले नगर विकाससंग २०७० साल वैशाख १ गतेदेखि जग्गा भाडामा लिन करार सम्झौताबाट कित्ता नम्बर ५३१० को क्षेत्रफल ०–०–५ जग्गा २० वर्षका लागि लिजमा लिएको बताइन्। सो जग्गामा २०८० माघ २ गते वडाको सिफारिसमा विद्युत मिटर र खानेपानी जडान गरेकी थिइन्।
उनले भनिन् –‘कानुनभन्दा ठूलो यहाँ कोही हुन्न भन्ने छ। तर, उच्च अदालतको आदेशको पालना नगरि नगरपालिकाले डोजर चलाएको छ।’

उनको जिविकोपार्जन पनि सोही पसल रहेको छ। तर, नगरपालिकाले डोजर चलाएपछि कहाँ व्यवसाय गर्ने भन्ने समस्या रहेको गुनासो गरिन्। उनले भनिन्, ‘एकाएक डोजर चलाउँदा अब यो गर्मीमा कहाँ गएर बस्ने होलारु’

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ जेष्ठ ३२

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP