२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा पत्नीको हत्या आरोपमा ६५ वर्षका वृद्ध पक्राउ

बैतडी- बैतडीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाटन नगरपालिका-४ चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरी छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीका अनुसार प्रतापसिंहलाई ६० वर्षीया पन्ती सुना ऐरीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।

घरायसी विवादमा उनले निर्धात कुटपिटबाट गम्भीर घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पत्नीसँगै प्रतापसिंहले बुहारी २२ वर्षीया भावना ऐरीलाईसमेत कुटपिट गरेका प्रहरीले जनाएको छ। भावना पनि घाइते छिन्।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ जेष्ठ ३१

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP