२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

नगरवासीलाई भोकमरीको मारमा पर्न दिन्नौ : नगरप्रमुख जोशी

डोटीः शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले नगरवासीलाई भोकमरीको मारमा पर्न नदिने बताएका छन् । नगरको वडा नं. १ मा विपन्न तथा मजुर परिवारलाई खाद्यान्न वितरण गर्ने क्रममा जोशीले यस्तो वाचा गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण नगरका गरि खाने विपन्न वर्गलाई समस्या परेको उल्लेख गर्दै नगर प्रमुख जोशीले खानै नपाउँने अवस्था आए वडा मार्फत नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरे । उनले भने,‘हाम्रो नगरमा गरिखाने जनाताहरुको संख्या धेरै छ । धेरै जासोलाई तीन महिना खान पनि समस्या पर्ने गरेको छ । नगर सरकार यस्तै अफ्ठेरोमा साथ दिन बनेको हो । म मेरो नगरका जनतालाई भोकै राख्दैन । कसैले पनि खान नपाएर भोको पेट बस्नु पर्दैन ।’

नगर प्रमुख जोशीले राहत वितरणका लागि सरकारले बनाएको मापदण्ड, कार्यबिधि अनुरुप नै वितरण गरेको बताए । नगरले सम्बन्धित वडा लाई नै राहत खरिद तथा वितरणको जिम्मा दिएको थियो । राहत पाउँनु पर्ने, खाद्यान्नको आवस्यकता भएका छुटेका नगरवासीका लागि पुनः खाद्यान्नको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

शनिवार सम्म नगरपालिकाका वडा नं १,२,३,७,८ र १० का विपन्न वर्गलाइ राहत वितरण गरिसकिएको नगरका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले बताए । नगरालिका भित्र झण्डै १६ सय पचास घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिने छ । नगरपालिकालाइ प्रदेश सरकारवाट क्वारेनटाइन व्यवस्थापनका लागि चार लाख, राहत खाद्यान्न वितरणका लागि २७ लाख रकमे प्राप्त भएको थियो । नगरमा विभिन्न व्यक्ति तथा संस्थाको पहलमा पनि राहत वितरण गरिएको विनाडीले बताए । नगरपालिका मार्फत विभिन्न व्यक्ति एवं संस्थाले प्रदान गरेका स्वास्थ्य तथा सरसफाइ सामग्री पनि वितरण भैसकेको छ ।

यस भन्दा अघि नगरपालिकामा लकडाउन पछि भारतवाट आएका ७६ जनाकालागि क्वारेनटाइनको व्यवस्थापन गरिसकिएको वताइएको छ । कोरोनावाट वच्न पूर्व तयारी स्वरुप नगरपालिकाले आौषधी, क्वारेन्टाइनका लागि चाहिने सामग्री लगायतको व्यवस्था मिलाइ सकेको छ । नगरपालिकाको कोरोना राहत कोषमा नगरपालिकावाट झण्डै ४७ लाख रकम जम्मा गरिएको प्रशासकिय अधिकृत विनाडीले बताए ।

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक राम ऐर, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नगर प्रमुख जोशी, उप प्रमुख धौली देवी रावल, उद्योग वाणिज्य नगर समितिका पदाधिकारी, रेडक्रसका पदाधिकारी, पत्रकार महासंघका पदाधिकारी, स्थानिय जनप्रतिनिधि र स्थानिय राजनीतिक दलका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ बैशाख २०

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP