
दिपायल– डोटीका पालिकाहरुमध्य प्रतिशतमा सबैभन्दा कम बेरुजु शिखर नगरपालिकाको देखिएको छ । महालेखा परिक्षकको आर्थिक वर्ष २०७९\८० प्रतिवेदनमा जिल्लाका ९ वटा स्थानीय तहहरुको १५ करोड ६३ लाख ३२ हजार रकम वेरुजु देखाइएको हो ।
९ वटा पालिका रहेको डोटीमा सबै भन्दा बढी बेरुजु बडीकेदार गाउँपालिकामा रहेको उल्लेख छ । ९२ करोड ८३ लाख ४८ हजार रकमको लेखापरिक्षण भएकोमा एक करोड ९६ लाख ९६ हजार (२.१२ प्रतिशत) रकम बेरुजु प्रतिवेदनमा उल्लेख छ ।
शिखर नगरपालिकाको एक अर्व ८१ करोड ९८ लाख ८३ हजार लेखापरिक्षण भएकोमा एक करोड ७४ लाख २६ हजार (०.९६ प्रतिशत) सबैभन्दा कम रकम बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार बोगटान फुड्सिल गाउँपालिका ९८ करोड ७७ लाख ५२ हजार लेखापरिक्षण भएकोमा एक करोड ९६ लाख ४९ हजार रकम (१.९९ प्रतिशत) बजेरुजु देखिएको छ । त्यस्तै, जोरायल गाउँपालिकामा एक अर्व २७ करोड ७३ लाख ७० हजार रकम लेखापरिक्षण भएकोमा दुई करोड ५० लाख ७३ हजार रकम (१.९६ प्रतिशत) बेरुजु प्रतिवेदनमा उल्लेख छ ।
सायल गाउँपालिकामा ८९ करोड २५ लाख ११ हजार लेखापरिक्षण भएकोमा एक करोड ५५ लाख १७ हजार रकम (१.७४ प्रतिशत) बजेरुजु देखिएको छ । आदर्श गाउँपालिकामा एक अर्व १२ करोड ४ लाख ४२ हजार लेखापरिक्षण भएकोमा एक करोड ६० लाख ६४ हजार रकम (१.४३ प्रतिशत) बजेरुजु देखिएको छ ।
पूवीचौकी गाउँपालिकामा एक अर्व १२ करोड ४३ लाख ८१ हजार लेखापरिक्षण भएकोमा एक करोड ३८ लाख २० हजार रकम (१.२३ प्रतिशत) बजेरुजु देखिएको छ । दिपायल सिलगढी नगरपालिकामा एक अर्व ४४ करोड ७१ लाख ७४ हजार लेखापरिक्षण भएकोमा एक करोड ७१ लख ६१ हजार रकम (१.१९ प्रतिशत) बजेरुजु देखिएको छ ।
केआइसिंह गाउँपालिकामा एक अर्व २ करोड ७ लाख ७७ हजार लेखापरिक्षण भएकोमा एक करोड १९ लाख १६ हजार रकम (१.१७ प्रतिशत) बजेरुजु देखिएको छ ।


दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...