२०८३ भाद्र १८, बिहीबार
September 3, 2026, Thursday

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र उद्यमशिलतालाई प्राथमिकता दिइने छ : मन्त्री भण्डारी

दिपायल- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र उद्यमशिलतालाई प्राथमिकता दिइने बताए । प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मुलतः कृषि, पर्यटन, आइटी क्षेत्र, उद्यमशिलता, स्वास्थ्य, शिक्षालाई विशेषतः सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

“बजेटले चालु आर्थिक वर्षका गौरवका आयोजना र रणनितिक महत्वका पूर्वाधार क्षेत्रका कार्यक्रम सरकारको प्राथमिकतामा रहने छन्,“मन्त्री भण्डारीले भने,“अहिले लगानीमैत्री वातावरण बनाउन नीतिगत रुपमा त्यसको निरुपण गरिएको छ । त्यो सम्भावना प्रचुर रहेको छ ।”

मन्त्रालयले थुप्रै लगानीकर्तासँग निरन्तर रुपमा छलफल गरेको छ र लगानी सम्मेलनले त्यो खालको सम्भावनाको ढोका खोलेको छ”, उनले भने,“अब सरकारले नितीगत रुपमा रहेका जटिलतालाई हटाउँदै जाने हो भने आन्तरिक तथा बाह्य लगानीका क्षेत्र विस्तार हुनेछन् ।”

नेपालको जनशक्ति पलायन हुने समस्या समाधानका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिको क्षेत्रको उद्यमशिलतामा विशेषतः युवालाई सहभागी गराइने उनले बताए ।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०८१ जेष्ठ १७

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP