२०८३ बैशाख ११, शुक्रबार
April 24, 2026, Friday

सुदूरपश्चिममा विभिन्न घटनामा तीन जना मृत अवस्थामा फेला

दीपायल– सुदूरपश्चिममा विभिन्न घटनामा मंगलबार तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रदेशको कैलाली र कञ्चनपुरमा तीन जना मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

कैलालीको टिकापुर नगरपालिका वडा नम्बर मोहना नदिको किनारमा जमेको पानिमा परि भजनी नगरपालिका वडा नम्बर १ गोदाम टोल बस्ने बर्ष १९ वर्षिय एकेन्द्र बोहरा मृत फेला परेका थिए । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीले सो घटनामा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली पुल नजिकै जिल्ला डोटी, बोगटान नगरपालिका वडा नम्बर ७ स्थायी घर भई हाल धनगढी वडा नम्बर ६ जाली बस्ने ४० वर्षिय घनश्याम बम अचेत अवस्थामा फेला परेको जनाएको छ ।

आफन्तले उपचारको लागी निसर्ग अस्पताल धनगढीमा ल्याएकोमा डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ परासन बस्ने नारायण रानाको उखुबारीमा ३ बर्ष देखि चौकीदारको काम गर्दै आएको जिल्ला कैलाली, गौरीगंगा नगरपालिका वडा नम्बर १ घर भई हाल पुनर्वास ९ (ख) गाउँ बस्ने बर्ष ६२ को सब्रा चौधरी मृत अवस्थामा फेला परेका जनाइएको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ जेष्ठ १६

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP