दीपायल– सुदूरपश्चिममा विभिन्न घटनामा मंगलबार तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रदेशको कैलाली र कञ्चनपुरमा तीन जना मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
कैलालीको टिकापुर नगरपालिका वडा नम्बर मोहना नदिको किनारमा जमेको पानिमा परि भजनी नगरपालिका वडा नम्बर १ गोदाम टोल बस्ने बर्ष १९ वर्षिय एकेन्द्र बोहरा मृत फेला परेका थिए । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीले सो घटनामा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली पुल नजिकै जिल्ला डोटी, बोगटान नगरपालिका वडा नम्बर ७ स्थायी घर भई हाल धनगढी वडा नम्बर ६ जाली बस्ने ४० वर्षिय घनश्याम बम अचेत अवस्थामा फेला परेको जनाएको छ ।
आफन्तले उपचारको लागी निसर्ग अस्पताल धनगढीमा ल्याएकोमा डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ परासन बस्ने नारायण रानाको उखुबारीमा ३ बर्ष देखि चौकीदारको काम गर्दै आएको जिल्ला कैलाली, गौरीगंगा नगरपालिका वडा नम्बर १ घर भई हाल पुनर्वास ९ (ख) गाउँ बस्ने बर्ष ६२ को सब्रा चौधरी मृत अवस्थामा फेला परेका जनाइएको छ ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...