२०८३ असार ७, आईतवार
June 21, 2026, Sunday

बजेटमा सुदूरपश्चिमः धार्मिक पर्यटन आर्थिक हबदेखि प्रदेश गौरवका योजना

दीपायल । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ। मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरे।

सार्वजनिक बजेटमा सुदूरपश्चिमका पनि विभिन्न योजना समेटिएका छन्। सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने भएको छ। सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने योजनाअनुसार सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने भएको हो।

कोशीलाई उद्योग, मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडिबुटी हब बनाइने गरी आएको बजेटमा धनगढीमा शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन गरिने अर्थमन्त्री पुनले बताए। विश्वविद्यालय गाभिने विषयमा अध्ययन गरिने बजेटमा उल्लेख गरिएको छ।

यस्तै कञ्चनपुर सडकखण्ड चार लेनमा आगामी वर्ष सम्ममा पूरा हुने, सेती करिडोर, डडेल्धुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरिने,डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने पनि सार्वजनिक बजेटमा उल्लेख भएको छ।

यसका साथै बजेटमा राष्ट्रिय गौरवको आयोजना रानी–जमरा कुलिया सिँचाई र महाकाली सिँचाई आयोजना तेस्रो चरणका लागि चार अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ।

कैलालीको १४ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार गर्न रानीजमरा–कुलरिया सिँचाई आयोजनाका लागि दुई अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ।

त्यस्तै कञ्चनपुरमा राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाई तेस्रो चरणका लागि दुई खर्ब बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री पुनले धनगढी विमानस्थलको स्तरोन्नती गरिने पनि बताए।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ जेष्ठ १६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP