२०८१ बैशाख २५, मंगलवार
May 7, 2024, Tuesday

प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने


दिपायल- सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने भएको छ । पारिवारिक कामकाजका लागि गृह जिल्ला डोटी आएका उनलाई नागरिक अभिनन्दनसहति सम्मान गरिन लागिएको हो ।

न्याय क्षेत्रमा लामो समयदेखि सक्रियरही नेपाली न्याय क्षेत्रमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै श्रेष्ठलाई वैशाख २ गते जिल्ला सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय सिंह खड्काले बताए ।

शुक्रबार नागरिक अभिनन्दनका विषयमा आयोजित पत्रकार सम्मेलमा बोल्दै नगर प्रमुख खड्काले श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलो पटक प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा पुग्नुभएको खुसिमा अभिनन्दनका लागि निमन्त्रणा गरिएको बताए । ‘न्यायलय क्षेत्रको अग्रणी भूमिकामा पुग्नु हुने डोटेली पुत्र पाउनु सवै डोटेलीका लागि गौरवपूर्ण कुरा हो’, नगरप्रमुख खड्काले भने, ‘डोटेली नागरिकका तर्फवाट उनलाई प्रमाणपत्र सहित नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ ।’

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख खड्का र पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायको नेतृत्वमा डोटीस्थित स्थानीय सरकार, नागरिक समाज, नागरिक संघसंस्था र स्थानीयहरुद्वारा नागकिर अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

प्रधान न्यायाधीश श्रेष्ठलाई वैशाख २ गते दिउँसो १ बजे शैलेश्वरी मन्दिरको प्राङ्गणमा स्थानीय बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रम सहित अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

२०१६ साल असोज २० गते कैलालीमा जन्मिएका प्रधान न्यायाधीश श्रेष्ठको पुख्र्यौली घर डोटीको सिलगढी हो । शाखा अधिकृतका रुपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ २०८० साल भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायधिसमा नियुक्त भएका थिए ।

Related News

बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
  • २०८० चैत्र ३०

दिपायल – भिमदत्त पन्त राजमार्ग अन्तर्गत गैरा सडक खण्ड अवरुद्ध...

TOP