२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

ट्रेड युनियन कांग्रेस शिखरको अध्यक्षमा बलायर


दिपायल – नेपाल ट्रेड युनियन कांग्रेस शिखर नगरपालिकाको अध्यक्षमा लक्ष्मण बलायर सर्वसम्मत चयन भएका छन् । बलायरको नेतृत्वमा १३ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

उपाध्यक्षमा दीपक बलायर, महिला उपाध्यक्षमा शान्ति शाही, सचिवमा तेज बहादुर महरा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सह – सचिवमा ममता कार्की, कोषाध्यक्षमा सानुमाया बलायरलाई चयन गरिएको छ।

सदस्यहरुमा गौरी देवी महरा, इश्वरी ताम्राकार, चन्द्र देवी बोगटी, माता देवी दमाई चक्र बलायर, दान बहादुर विष्ट र केशव फुलारा चयन भएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेस निकट शुभेक्ष्छुक संगठनहरुको छाता संगठन हो ।

नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष शंकर कठायतको अध्यक्षता एवं शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरको प्रमुख आथित्यता तथा नगर उपप्रमुख सुनिता रावलको विशिष्ट आथित्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

नगर प्रमुख बलायरले नगरको समग्र विकासका लागि ट्रेड यूनियनकाे सीप क्षमताको प्रयोग गरिने बताए । उनले नगर सरकार आवश्यक समन्वय सहकार्य गर्न र सुझाव ग्रहण गर्न तयार रहेको बताए। नगरका तर्फबाट ट्रेड युनियनलाई सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०८० फाल्गुन ४

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP