२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

जीप दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते


दिपायल – बझाङमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको तलकोटबाट चैनपुर गइरहेको से १ ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना भएको हो।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छन्।

घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा  चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०८० फाल्गुन ४

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP