२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा जोशी

कैलाली – सूचनाको हकका लागि राष्ट्रिय महासंघ (RTI) सुदूरपश्चिमको अध्यक्षमा जोशी निर्वाचित भएका छन् । कैलालीस्थित भादा गाउँमा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट जोशीको अध्यक्षमा प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

महासंघको उपाध्यक्षमा चन्द्रकान्त पनेरु र इन्द्रा दानपाली निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा निराजन परियार, सचिवमा मनिस बिक र सुशीला भट्ट, कोषाध्यक्षमा रसुता जैरु निर्वाचित भएका हुन् ।

सदस्यहरुमा देवराज बडु, निरज धामी, इन्द्रा धामी,विवेक नागरी, एकेन्द्र चन्द, ईश्वर जैसी, र अर्जुन सिंह सर्वसम्मत निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमिति मध्य अन्य सदस्यहरुलाई कार्यसमितिले मनोनित गर्ने निर्णय भएको छ।

नवनिर्वाचित कार्यसमितिले नागरिकको सूचनाको हक प्रत्याभूति हुने गरेर काम गर्ने अध्यक्ष जोशीले बताए । उनले संविधानले सुरक्षित गरेको सूचनाको हक कार्यान्वयनका लागि अभियाननै सञ्चालन गरिने बताउँदै यो अभियान नागरिक केन्द्रित हुने बताए ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०८० माघ २७

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP