२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

शिखर नगरपालिकाले भूकम्प पीडितलाई दुईलाख सहयोग पठाउने


दिपायल – डोटीको शिखर नगरपालिकाले जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प पीडितका लागि दुईलाख आर्थिक सहयोग गर्ने भएको छ ।

नगर प्रमुख दीर्घ बलायरद्वारा जारी विज्ञप्तिमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पीडित भएका ब्यक्तिहरुको राहातका लागि दुई लाख सहयोग पठाउने उल्लेख छ ।

नगरपालिकाले घटना प्रति दुःख व्यक्त गर्दै सद्भाव स्वरूप जाजरकाेट र रुकुम जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक – एक लाख जम्मा गर्ने जनाएको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०८० कार्तिक १९

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP