२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

क्वारेन्टाईन जादै गरेका ६७ वर्षीय बृद्धको बाटोमै मृत्यु

बैतडीमा भारतबाट फर्किएर क्वारेन्टाईनमा जादै गरेका बृद्धको मृत्यु भएको छ। भारतको पिथौरागढमा आफन्तको घरमा गएर फर्किएका पुर्चाैडी नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक कृष्ण चन्दले बीहिबार भारतबाट फर्किएर  पुर्चाैडी नगरपालिकाले क्वारेन्टाईनमा राख्न लैजादै गर्दा बाटोमै मृत्यु भएको बताए।  मृतक लुहार गत माघमा उपचारका लागि भन्दै भारतको पिथौरागढ गएका थिए।

लुहारको अचानक मृत्यु भएपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए। 

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ बैशाख २०

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP