२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

भन्सार छली गरी ल्याइएको तीन लाख बढीको सामान नियन्त्रणमा

धनगढी-  कैलाली र कञ्चनपुरबाट ३ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ सुकासालबाट र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगरबाट भन्सार छलीका सामान बरामद गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार कञ्चनपुरबाट २ लाख ७५ हजार मूल्यका चिनी, मिश्री, नरिवल तथा सुर्ती र धनगढीबाट २६ हजार मूल्य बराबरका चामल र गहुँ बिहिवार साँझ बरामद गरिएको हो। उक्त सामान प्रहरीले भन्सार कार्यालयहरूमा बुझाएको छ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८० आश्विन १२

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP