२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

धनगढीमा एक पुरुष मृत फेला

धनगढी – धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मंगलबारदेखि बेपत्ता रहेका धनगढी उपमहानगरपालिका–१२ डि गाउँ बस्ने ४० वर्षीय महादेव भट्ट मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

उनकाअनुसार भट्ट बुधवार दिउँसो स्थानीय पदम भट्टको खेतमा मृत भेटिएका हुन्। उनी मंगलवार बिहान घरबाट खाना खाएर निस्किएपछि सम्पर्कविहीन भएको बुझिएको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० भाद्र २१

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP