२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भेगमा नै डेंगी, कालाजार र औलो सार्ने लामखुट्टे

धनगढी – नेपालमा पाइने सबै कीटजन्य रोग सार्ने लामखुट्टे तथा भुुसुना उच्च हिमाली क्षेत्रमा नै पाइएका छन् । सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुमा इन्टोमोलोजी प्रयोगशालाको टिमले गरेको अध्ययनमा सो कुरा पाइएको हो ।

अध्ययन टोली १५—२० साउनसम्म दार्चुलाको ब्यास गाउँपालिकामा नै पुगेर अध्ययन गरेको थियो । सो अध्ययनको क्रममा मलेरिया गराउने एनोफेलेस म्याकुलट्स, एनोफेलस फ्लुभिएटिलिस पाइएको हो ।

त्यसैगरी, डेंगी सार्ने एडिडेज एडिज एजिप्टाई , एडिज एल्बोपिक्टस पाइएको हो । सो सँगै हात्तीपाइले सार्ने क्लुएक्स एसपी र कालाजार गराउने लामखुट्टे फ्लेबोटोमस पापाटासी पाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए ।

त्यसैगरी, गत वर्ष इन्टोमोलोजी प्रयोगशालाको टिमले बाजुराको हिमाली गाउँपालिकामा गरेको अध्ययनमा मलेरिया सार्ने एनोफेलेस म्याकुलट्स कम्प्लेक्स, मलेरिया सार्ने शंकास्पद लामखुट्टे एनोफेलेस कुलिसीफासिएस हात्तीपाईले सार्ने लामखुट्टे पाइएको स्वास्थ्य निर्देशनालय राजपुरले जनाएको छ ।

हिमाली क्षेत्रमा रहेको उक्त गाउँपालिकामा कालाजार सार्ने फ्लेबोटोमस पापाटासी लामखुट्टे पनि पाइएको थियो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले हरेक वर्ष कीट तथा कीटजन्य रोग सम्बन्धी अध्ययन गर्दै आएको छ ।

Related News

अछाममा भीम रावल पराजित,  २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
अछाममा भीम रावल पराजित, २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
  • २०८० भाद्र १९

अछाम- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्वर १...

TOP