२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी – बैतडीमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार पानीसँगै आएको हावाहुरीले विद्युत् लाइनमा क्षति पुगाएपछी विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक कामकाज प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार बलाँचदेखि सञ्चालन हुने र डडेल्धुराबाट सञ्चालन हुने दुवै विद्युत् लाइनमा समस्या रहेको छ ।

उनले भने, ‘हावाहुरीले जिल्लाका धेरै स्थानमा पोल र तारमा क्षति गरेको छ । मर्मतका लागि प्राविधिक परिचालन गरेका छौं, सुचारु हुन केही समय लाग्छ।’ विद्युत् सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक समस्यामा परेका छन् ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० भाद्र १९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP