२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

सर्पले डस्दा बैतडीमा एक जनाको मृत्यु

बैतडी – सर्पको टोकाइबाट बैतडीका एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका घर भएका एक पुरुषको सर्पको टोकाइबाट भारतको दिल्लीमा मृत्यु भएको हो।

जिल्लाको सिगास गाउँपालिका –६ थलाकाँडा (ठुलसैनी) घर भएका पदम सिह धामीको रोजगारीको शिलशिलामा भारतको दिल्लीमा निधन भएको छ। विगत तीन वर्षदेखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका धामीको सर्पको टोकाइबाट मृत्यु भएको आफन्तले बताएका छन्। सुतिरहेको बेला सर्पले टोकेपछि उनको ज्यान भएको आफन्तले बताएका छन्।

मृतक धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन् । रोजगारीको शिलशिलामा परिवारको सपना बोकेका पदम सिह धामी समग्र गाउँ सहित परिवार शोकमा डुवेको छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० भाद्र १०

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP