२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

डडेल्धुरामा एक बालिका मृत फेला

डडेल्धुरा – डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानीकी १४ वर्षीया अमृता राउटे बुधवार बिहान मृत फेला परेकी हुन्। उनी मंगलवार दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी थिइन।

माछा मार्न गएकी अमृता अबेरसम्म घर नआएपछि खोजि गरिएको थियो। खोजि गर्ने क्रममा उनको शव आज बिहान रंगुन नदीको किनाराको तटबन्धमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगादत्त बडुले बताए। उनका अनुसार बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण ३१

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP