२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

डडेल्धुरामा एक बालिका मृत फेला

डडेल्धुरा – डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानीकी १४ वर्षीया अमृता राउटे बुधवार बिहान मृत फेला परेकी हुन्। उनी मंगलवार दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी थिइन।

माछा मार्न गएकी अमृता अबेरसम्म घर नआएपछि खोजि गरिएको थियो। खोजि गर्ने क्रममा उनको शव आज बिहान रंगुन नदीको किनाराको तटबन्धमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगादत्त बडुले बताए। उनका अनुसार बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८० श्रावण ३१

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP