२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

भत्ता लिन जानुभएका वृद्धको बाटोमै मृत्यु

बैतडी – बैतडीमा वृद्धभत्ता बुझेर घर फर्किँदै गरेका एक वृद्धको बाटोमै ज्यान गएको छ । पञ्चेश्वर गाउँपालिका- ६ रोडीदेवल बस्ने ७१ वर्षीय धनसिंह भण्डारी गोगनपानी भन्ने ठाउँमा मृत भेटिनुभएको हो ।

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ कुलाउँमा रहेको नविल बैंकबाट वृद्धभत्ता बुझेका भण्डारी हिजो बेलुकीसम्म घर नपुगेपछि खोजी गर्दा मृत भेटिनुभएको हो । उहाँको शव आज बिहान फेला परेको हो ।

भण्डारी झन्डै ६ घण्टा हिँडेर भत्ता लिन जानुभएको थियो ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० श्रावण १६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP