२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

काठमाडौं – सरकारले निजी प्रयोगशालालाई पनि कोरोना संक्रमण परीक्षणको लागि अनुमति दिने भएको छ। मन्त्रालयले जारी गरेको प्रयोगशाला निर्देशिकाअनुरुप न्यूनतम मापदण्ड पूरा गर्ने निजी प्रयोगशालाले पनि पीसीआर परिक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

निजी प्रयोगशालाले मापदण्ड पूरा गरेपनि मन्त्रालयबाट अनुमति लिनुपर्ने उनले जानकारी दिए। हालसम्म नेपालमा विभिन्न १६ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ।

त्यस्तै प्रदेश १ सरकारले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकसय बेडको अस्पताल सञ्चालनमा ल्याएको प्रवक्ता देवकोटाले जानकारी दिए।

५३ हजारको कोरोना परीक्षण

नेपालमा हालसम्म ५१ हजार ५ सय ३४ जनाको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ। रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट १० हजार ४ सय ७१ र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बाट ४३ हजार ६३ जनामा कोरोना परीक्षण गरिएको हो।

र्‍यापिड टेस्टमार्फत प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २ सय ८, बागमती प्रदेशमा ७ हजार ६ सय २६, गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णाली प्रदेशमा ५ हजार १ सय २८ र सुदूरपश्चिममा ११ हजार ९ सय ६१ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

अहिलेसम्म आइसोलेसनमा १ सय ६ जना रहेका छन्। मोबाइल एपमा स्वपरीक्षण गरिएकामध्ये अहिलेसम्म ३ सय ४ जना ‘रेड जोन’ मा रहेका छन्। हालसम्म नेपालमा ५२ जना संक्रमित भएकोमा १६ जना निको भएर घर फर्किएका छन्। संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा मा १ जना, विरगञ्जको नारायणी अस्पतालमा ३ जना, भरतपुरको अस्थायी कोरोना अस्पतालमा १ जना र विराटनगरमा ३१ जना उपचाररत छन्।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ बैशाख १५

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP