२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

वर्ल्ड भिजिन इन्टरनेसनल नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

डोटी– वर्ल्ड भिजिन इन्टरनेसनल नेपालले जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । संस्थाले सोमबार जिल्ला विपद् जोखिम व्यवस्थापन समिति डोटी मार्फत जिल्ला स्वास्थ्यकार्यालय लाई ३० सेट पिपिइ र ४ वटा आईआर थर्मोमिटर हस्तान्तरण गरेको हो ।

संस्थाले सोमबार साझेदार संस्था सिड नेपाल र सिडिसिको रोहवरमा उक्त सामग्रीहरु हस्तान्तरण गरेको वल्ड भिजिनका प्रतिनीधि गांगी बलायरले बताए ।

वर्ल्ड भिजिनले आफ्नो कार्यक्षत्र रहेको पुर्विचौकी गाउँपालिका, आदर्श गाउापालिका, सायल गाउँपालिका र दिपायल सिलगढी नगरपालिकालाई समेत पाँच÷पाँच सेट पिपिई उपलब्ध गराएको छ ।

वर्ल्ड भिजनले यो भन्दा पहिला पनि जिल्ला विपद् जोखिम व्यवस्थापन समिति लाई क्वारेण्टाइन व्यवस्थापन सामग्री सहयोग गरेको थियो ।

Related News

अछाममा भीम रावल पराजित,  २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
अछाममा भीम रावल पराजित, २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
  • २०७७ बैशाख १५

अछाम- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्वर १...

TOP