२०८३ बैशाख ६, आईतवार
April 19, 2026, Sunday

केआइसिंह गाउँपालीकाद्धारा खाद्यान्न वितरण

डोटी : केआइसिंह गाउँपालीका वडा नं. ६ र ७ मा खाद्यान्न वितरण गरिएको छ । भोरोना भाइरस कोभिड १९ का कारण गरिएको लकडाउँका कारण खाद्यान्न अभाव भएका मजदुर तथा विपन्न परिवारका सदस्यलाई खाद्यान्न वितरण गरिएको हो ।

गाउँपालिकाले आइतबार प्रमुख जिल्ला अधिकार टेकनारायण पौडेल र जिल्ला समन्वय समितिका उपसंयोजक शशी सोपको रोहवरमा खाद्यान्न वितरण गरेको जनाएको छ । गाउँपालीकाको वडा नं. ६ का ६६ र वडा नम्वर ७ का ७५ परिवारलाई खाद्यान्न वितरण गरिएको थियो ।

दुइ जनाको परीवार भएका घर धुरीलाइ १५ किलो चमल, १ किलो ५० ग्राम दाला, चिनी, तेल र २ जना भन्दा माथी परीवार संख्या भएका घरधुरीलाई ३० किलो चामल, ३ किलो दाल, चिनी, तेलका दरले वितरण गरीएको वडा नम्बर ७ का वडाध्यक्ष हर्क बहादुर विष्टले बताए ।

गाउँपालीकाले पहीलो चरणको राहात वितरण गरेको बताउँदै गाउापालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले लक डाउनको समय लम्बिनगए राहत वितरण कार्यक्रम थप गरिने बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ बैशाख १५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP