२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरा– एकनाले भरुवा बन्दुकसहित डडेल्धुराको अजयमेरुबाट एक जना पक्राउ परेका छन्।

जयमेरु गाउँपालिका–६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीरसिंह भण्डारीलाई एक थान भरुवा बन्दुकसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धानको कार्य भइरहेको उनले बताए।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० असार ३१

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP