२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

बैतडीका एक वडा सदस्यले देखाए हर्कत

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ का वडा सदस्य करनसिंह विष्टले स्थानीयहरु माथि कुटपिट गरेको भिडियो भाइरल भएको छ ।

महिला समूह बाट निर्माण गरिएको सिँचाइको योजना विषयमा विवाद हुँदा वडा सदस्य विष्ट कुटपिट गर्न उत्रिएका हुन् । यतिमात्रै होइन वडा सदस्य विष्टले महिलाहरूलाई गालीगलौज समेत गरेको छ । यसरी जनप्रतिनिधिहरूले तल्लो स्तरको हर्कत गर्न थालेपछि चर्को आलोचना भइरहेको छ ।

महिला समूहले काम गरेको भए पनि योजनाको पैसा समेत वडा सदस्य विष्टले नै मागेको खुलेको छ । महिला समूहका सचिव बाट उनले पैसा लगेको र उक्त पैसाको हिसाब नै नबुझाएको पाइएको आरोप छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० असार २९

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP