२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीका एक वडा सदस्यले देखाए हर्कत

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ का वडा सदस्य करनसिंह विष्टले स्थानीयहरु माथि कुटपिट गरेको भिडियो भाइरल भएको छ ।

महिला समूह बाट निर्माण गरिएको सिँचाइको योजना विषयमा विवाद हुँदा वडा सदस्य विष्ट कुटपिट गर्न उत्रिएका हुन् । यतिमात्रै होइन वडा सदस्य विष्टले महिलाहरूलाई गालीगलौज समेत गरेको छ । यसरी जनप्रतिनिधिहरूले तल्लो स्तरको हर्कत गर्न थालेपछि चर्को आलोचना भइरहेको छ ।

महिला समूहले काम गरेको भए पनि योजनाको पैसा समेत वडा सदस्य विष्टले नै मागेको खुलेको छ । महिला समूहका सचिव बाट उनले पैसा लगेको र उक्त पैसाको हिसाब नै नबुझाएको पाइएको आरोप छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० असार २९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP