२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

‘सिटी स्क्यान मेसिन किन्न बजेट थप्छु’ मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले महाकाली प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन किन्न बजेट थप गरिने बताए ।

कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै उनले बताए ।
“अस्पताललाई बजेट केही कम परेको रहेछ, त्यसमा म थप गर्ने छु,” “पछिल्लो समय खोपमा हामीले धेरै प्रगति गर्दै गएका छौँ। बालबालिका कुनै पनि खोपबाट वञ्चित नहुन् भनेर बेला बेला विभिन्न कार्यक्रम पनि गरिराखेका छौँ।” उनले भने ।

बाल मृत्युदर घट्नेमा आफू आशावादी रहेको बताए । ‘पूर्ण खोप सुरक्षित भविष्य’ मूल नाराका साथ कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।

यस जिल्लाका नौवटै स्थानीय तहमा लक्षित उमेर समूहका व्यक्तिलाई १३ वटा प्राणघातक रोगविरुद्ध खोप लगाई पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित गरिसकेपछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बताए ।

पूर्ण खोप सुनिश्चित कार्यक्रमलाई सफल पार्न तोकिएको कार्यक्षेत्रमा खटिएका महिला स्वयंसेविका, अनमी तथा अहेवलाई नगदसहित प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८० असार २७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP