२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा निर्माणाधीन अस्पतालको ट्यांकीमा भेटियो बालकको शव



दिपायल – डोटीमा निर्माणाधीन अस्पतालको पानी ट्यांकीमा बालकको शव भेटिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ५ गैराका  ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार निर्माणाधीन प्रादेशिक सरुवा अस्पतालको रिजर्व ट्यांकीमा बालकको शव भेटिएको हो। शुक्रबार गाई गोरु चराउन गएका मलासी अबेरसम्म घर नफर्किएपछि उनको खोजीकार्य थालिएको थियो । खोजी गर्ने क्रममा बालकको शव अस्पतालको रिजर्व ट्यांकीमा भेटिएको थियो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८० असार १६

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP