
धनगढी – घट्ना नम्बर १ : २०८० बैशाख ८ गते बेलौरी नगरपालिका–८ पचईकी ४५ वर्षीया गंगा चन्दको बाघको आक्रमणबाट मृत्यु भयो ।
घट्ना नम्बर २ : कञ्चनपुरको बेलौरी नगरपालिकामा २०३ र २०४ नम्बरको सीमा स्तम्भ नजिककै जंगलमा २०७९ चैत १७ गते भारतीय एक महिलाले बाघको आक्रमणबाट ज्यान गुमाईन । चन्द र भारतीय महिलामाथि बाघले आक्रमण गरेको स्थलबीचको दूरी करीव ५ किमी छ ।
घट्ना नम्बर ३ : कञ्चनपुरको सीमावर्ती भारतीय दुधुवा नेसनल पार्कभित्र शुक्रबार बिहान २०७९ चैत १० गते गते बिहान ७ : ३० बजे स्थानीय महिलाहरुसंगै घास दाउरा लिन गएकी पुनर्वास नगरपालिका वडा नम्बर १० मदनटोलकी करीव ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भया हो । उनीसंगै रहेका अन्य महिलाहरुले भने भागेर ज्यान जोगाए । ६र७ जनाको समूहमा गएका महिलाहरु जंगलभित्र बाघदेखेपछि कराउदै भागेका थिए ।
यसरी एक महिनाको अबधिमा कञ्चनपुर र त्योसंंगै जोडिएको सीमावर्ती भारतीय क्षेत्रमा बाघको आक्रमणबाट तीन जना महिलाको ज्यान गयो ।
कुण्डा सब डिभिजन बन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बेलौरीमा चन्दमाथि आक्रमण गर्ने र सीमावर्ती भारतीय क्षेत्रमा भारतीय महिलामाथि आक्रमण गर्ने बाघ एउटै हुन सक्ने बताए ।
त्यसलगत्तै चन्दमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर काठमाण्डौं चिडियाखानामा पु¥याईएको थियो । जसलाई महारानी नाम दिईएको छ ।
उनले महारानीको छालाको रंग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाघहरुको रंग भन्दा फरक रहेकोले महारानी भारतीय पिलिभित टाईगर रिजर्भबाट नेपाल आएको अनुमान गरे । यादवले भने, त्यो नेपाली बाघ होईन । पिलिभितबाट आएको अनुमान छ ।
त्यस्तै चैतको पहिलो साता धनगढी उपमहानगरपालिका–३ बडहरास्थित सामुदायिक बनमा एउटा बाघ आफ्नो बच्चा सहित देखिएको थियो । डमरु सहित नेपालको जंगलमा देखिएको बाघ भारतीय दुधुवा नेशनल पार्कबाट आएको हुनसक्ने यादवले सुनाए ।
कुण्डा सब डिभिजन बन कार्यालय पच्कडिया कञ्चनपुरका यादवले पछिल्लो केही समययता नेपाली भूभागमा तीन वटा बाघ भारतबाट आएको बताए । नेपालसंगै जोडिएका भारतीय जंगलबाट आएका बाघले निरन्तर आक्रमण गर्न थालेपछि सीमावर्तीय नेपाली वस्तीका जनता भने निकै आतंकित भएका थिए । तर पछिल्लो दुई महिनामा भने बाघको आक्रमणका घट्ना नभएकोले ती बाघ भारतीय जंगलमै फर्किएको अनुमान गरिएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...