२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा सुनसहित एक महिला सम्पर्क विहिन

बैतडी – बैतडीमा सुनसहित एक महिला सम्पर्क विहिन भएकी छिन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर–६ रपनाका बिमल धानुककी श्रीमती डम्बरा धामी धानुक दुइ दिनदेखि सम्पर्क विहिन भएकी हुन्।

बुहारी १० गते रातिदेखि सम्पर्क विहिन भएकी उनका ससुरा जनक बहादुर धानुकले बताए। डेढ तोला सुन लगेर बुहारी सम्पर्क विहिन भएको उनले उनले जानकारी दिए। राति खाना खाएर सुतेकी बुहारी विहान नभेटिएको उनको भनाई छ। माइति घरमा जानकारी गर्दापनि नआएको खबर प्राप्त भएको उनले बताए।

छोरा भारत भएका बेला बुहारी सुनसहित लत्ताकपडा लगेर सम्पर्क विहिन भएपछि समस्या भएको उनको दुखेसो छ। खोजिका लागि ढोल्यामोड प्रहरीचौकीमा निवदेनसमेत दिएको उनले बताए। कसैले देखेमा नजिकको प्रहरी, अथवा ९८६८७२४८२३ मा सम्पर्क गरिदिन अनुरोध गरे। सगुन खबर

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० असार १३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP