२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

जबरजस्ती करणी अभियोगमा एक जना मेडिकल सञ्चालक पक्राउ

कञ्चनपुर –कञ्चनपुरमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्।

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरकसिँह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० असार १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP