
दिपायल – पूर्व प्रधानमन्त्री तथा डडेल्धुराबाट लगातार सात पटक निर्बाचित शेर बहादुर देउवाको गृह जिल्लामा सरकारले देशमै सबैभन्दा बढि बजेट बिनियोजन गरेको छ । सरकारले नेपाली काँग्रेसका सभापति देउवाको गृह जिल्लामा आर्थिक वर्ष ०८०/८१ का लागि एक अर्व १० करोड रुपैया बिनियोजन गरेको छ । जवकी गत वर्ष डडेल्धुरामा १७ करोड रुपैया बिनियोजन गरेको थियो ।
दोस्रो बढि बजेट पाउने जिल्ला नुवाकोट रहेको छ । नुवाकोट अर्थमन्त्री डा। प्रकाश शरण महतको गृह जिल्ला हो । त्यहाँ आर्थिक वर्ष ०८०/८१ का लागि ६६ करोड रुपैया बिनियोजन गरिएको छ । गत आर्थिक वर्षमा भने नुवाकोटमा सात करोड रुपैया मात्र बिनियोजन गरिएको थियो । त्यस्तै तेस्रो बढि बजेट पाउने जिल्लामा चितवन परेको छ ।
चितवन प्रधानमन्त्री पुष्पकमल दाहालको जिल्ला हो । चितवनमा यस बजेटमा ५४ करोड रुपैया बिनियोजन गरिएको छ । यसअघि चितवनमा १५ करोड रुपैया बिनियोजन गरिएको थियो ।भौतिक पूर्बाधार मन्त्री प्रकाश ज्वालाको जिल्ला सल्यानले चौथौ ठूलो बजेट पाएको छ । सल्यानका लागि ३० करोड रुपैया बजेट बिनियोजन गरिएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...