२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

गेटामा मेडिकल विश्व विद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सरकारले गेटामा सञ्चालनको क्रममा रहेको मेडिकल कलेजलाई मेडिकल विश्व विद्यालयका रुपमा सञ्चालन गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नेतृत्वमा बालुवाटार पुगेका समाजवादीका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाश शरण महतलाई गेटामा सञ्चालनको क्रममा रहेको मेडिकल कलेजलाई मेडिकल विश्व विद्यालयका रुपमा सञ्चालन गर्न गरेको आग्रह स्वीकार गर्दै प्रधानमन्त्री दाहालले आजै उक्त कुराको सम्बोधन गर्ने प्रतिबद्धता गरेका हुन् ।

प्रधानमन्त्रीसंगको भेटमा आफूहरुले गेटामा सञ्चालनको क्रममा रहेको मेडिकल कलेजलाई विश्व विद्यालयका रुपमा सञ्चालन गर्न गरेको आग्रह प्रधानमन्त्रीले स्वीकार गरी आज एक बजे सम्बोधन गर्ने प्रतिबद्धता गर्नुभएको समाजवादीका सांसद तथा पूर्व मन्त्री प्रेम बहादुर आलेले बताए ।

डोटीबाट निर्बाचित सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरै भञ्ज्याङ हुदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट बिनियोजन गरी चीनसंगको नाका अविलम्ब खोल्न गरेको आग्रहमा पनि प्रधानमन्त्री दाहालले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री दाहालले विश्व विद्यालयका रुपमा गेटामा मेडिकल कलेज सञ्चालनमा ल्याउने र ताक्लाकोट जोड्ने सडकका लागि पर्याप्त बजेट बिनियोजन गर्ने प्रतिबद्धता गर्नुभएको पूर्व मन्त्री आलेले जानकारी दिए ।

समाजवादीका सांसदहरुसंगको भेटमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री डा. प्रकाश शरण महतले ऐन बनाउदा विश्व विद्यालय बनाउने गरी ऐन ल्याउने पनि प्रतिबद्धता गरेका छन् ।

आज १ बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महतले गेटा मेडिकल कलेजको विषयमा उठेका मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता गरेका छन् ।

Related News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
  • २०८० जेष्ठ २९

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...

TOP