२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो

काठमाडौं – नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गर्दै पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य घटाएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम १९७ रुपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको निगमले जनाएको छ।

यसैगरी, १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको मूल्य २,१६० रुपैयाँबाट घटाएर २,०६० रुपैयाँ कायम गरिएको छ। अर्थात् उपभोक्ताले प्रति सिलिन्डर १०० रुपैयाँ राहत पाउने भएका छन्।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका आधारमा स्वचालित मूल्य प्रणालीमार्फत नयाँ मूल्य समायोजन गरिएको हो।

नयाँ मूल्य लागू भएसँगै इन्धन तथा खाना पकाउने ग्यासको खर्चमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार १७

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP