
धनगढी – कञ्चनपुरमा दुई पसलमा आगलागी भएको छ। जिल्लाकफ भीमदत्त नगरपालिका वडा नम्बर ४ मालपोत कार्यालय अगाडिको एक पसलमा आगो लागेको हो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर २ महोलपयाका गणेश रावलको भू सेवा केन्द्रमा बिजुलीको तार सर्ट भएर आगो लागेको हो। भु( सेवा केन्द्रमा रहेको सम्पुर्ण सर सामान जलेका छन। दुई लाख ८१ हजार सात सयको क्षति भएको प्रहरीले बताएको छ।
सोही स्थानमा भीमदत्त नगरपालिका वडा नम्बर १० सुकासालकी भगवती रावल थापाले सञ्चालन गरेको रेखा फोटो स्टुडियोमा समेत आगो लागेको छ। फोटो स्टुडियोका कम्प्युटर प्रिन्टर र स्क्यानर क्यामरा जली नष्ट भएका छन्। क्षतिको विवण खुलेको छैन।
वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरको टोली र स्थानिय तथा दमकलको सहयोगमा पुर्ण रुपमा आगो नियन्त्रणमा लिएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...