२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

१६ जिल्लामा फैलियो दादुरा संक्रमण, नियन्त्रणका लागि के गरिँदै छ?

काठमाडाैं – काठमाडौंसहित १७ जिल्लामा दादुरा संक्रमण फैलिएको छ ।

रिवार कल्याण महाशाखाको तथ्यांकानुसार गएको पुसयता शनिबार (हिजो)सम्म १६ जिल्लाका ९५१ बालबालिका संक्रमित भएका छन् ।

महाशाखाका अनुसार काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी र सुर्खेतमा दादुराको संक्रमण फैलिएको हो ।

यो अवधिमा बाँकेमा मात्र ३२९ बालबालिका संक्रमित भएका छन् । काठमाडौंमा चार, महोत्तरीमा १०५, सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषामा २३, कपिलवस्तुमा २३, बाजुरामा १८ र अर्घाखाँचीमा ११ बालबालिकामा दादुरा पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमित हुनेमा नवजात शिशुदेखि १५ वर्षसम्मका बालबालिका छन् ।

काठमाडौंमा भने गोकर्णेश्वर नगरपालिका–९ मा चार बालबालिकामा दादुरा पुष्टि भएको हो । उनीहरू एउटै विद्यालयका विद्यार्थी हुन् ।

दादुरा ‘आउटब्रेक’ भएपछि सरकारले यही जेठ २५ गतेदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइरहेको छ ।

Related News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
  • २०८० जेष्ठ २८

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...

TOP