२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

बालबालिकालाई आज दादुरा–रुबेला खोप दिइदै

धनगढी – सरकारले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा दादुरा रुबेला खोप अभियान आजबाट सुरु गरेको छ । कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष उमेर मुनिका बालबालिकालाई दादुरा–रुबेला खोप दिइन लागेको हो।

सुदूरपश्चिमका तीन जिल्लामा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जोखिममा रहेका जिल्लामा खोप दिन लागेको हो ।

खोप अभियान सञ्चालन गरिनेछ। परिवार कल्याण महाशाखा खोप शाखाले सूचना जारी गर्दै नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।

Related News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
  • २०८० जेष्ठ २५

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...

TOP