
दिपायल – सायल गाउँपालिकामा नि:शुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गरिएको छ । सगरमाथा हेल्थ फाउन्डेसन तथा हेल्थ केयर नेपाल र सायल गाउँपालिकाको संयुक्त आयोजनामा सोमबार देखि शिविर आयोजना गरिएको हो ।
शिविरको पहिलो दिन पाँच सय ७९ जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिका जनाएको छ। भौगोलिक विकटताका कारण स्वाथ्य सेवाबाट वञ्चित रहेका बिरामीहरूको उपचार र चेकजाँचका लागि शिविरको आयोजना गरिएको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए। शिविरमा नि:शुल्क स्वास्थ्य चेकजाँच, उपचार, परामर्श तथा निशुल्क औषधि वितरण गरिँदै आएको उनले बताए ।

स्वास्थ्यमा सामान्य समस्या रहेका देखि दीर्घ रोगी र दाँतका बिरामीहरूको समेत उपचार हुने आयोजकले जनाएको छ । जेठ १५ देखि गाउँपालिकाको दुदुलेगडामा सञ्चालित उक्त शिविर १८ गते सम्म सञ्चालन हुने छ ।
शिविरमा टिचिङ्ग हस्पिटल महाराजगञ्ज र प्रसूति गृह काठमाडौंका चिकित्सक र दन्त तथा आँखाका चिकित्सकहरुले सेवा दिँदै आएका छन्।


पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...