२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

सुजङ्ग अस्पतालमा महिलाले जन्माइन् पाँच किलोको बच्चा

दिपायल – सुजङ्ग अस्पताल डोटीमा एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छिन् । केआईसिंह गाउँपालिका – ६ की २६ वर्षीय राधा तिरुवाले सोमबार दिउँसो छोरा जन्माएकी हुन् ।

तिरुवाले छैटौँ सन्तानका रूपमा पाँच किलोको छोरा जन्माएको अस्पतालले जनाएको छ। सुत्केरी हुने समय नाघी सकेको र बच्चाको टाउकोमा पानी जमेको कारण शल्यक्रिया विधिबाट सुत्केरी गराइएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

तिवारीले सुजङ्ग अस्पतालमा आउनु अघि जिल्लाका विभिन्न अस्पतालहरूमा भिडियो एक्सरे गराएकी थिइन् । बच्चाको अवस्था चेकजाँच गर्न पटक – पटक अन्य अस्पतालमा चेकजाँच गरे,” उनले भनिन्,” सबैले सामान्य अवस्था छ भन्नु भयो,” तर यहाँ आएर चेकजाँच गर्दा बच्चाको टाउकोमा पानी भरिएको छ, तुरुन्तै अप्रेशन गर्नु पर्छ भन्नु भयो । आज डाक्टरको सल्लाहअनुसार अप्रेशन गरेर बच्चालाई जन्म दिए ।”

बच्चाको टाउकोमा पानी भरिएको देखिए पछि डा. सुभाष थापा मगरको टिमले सकुसल शल्यक्रिया गरेका हुन्। अहिले बच्चा र आमा दुवैको अवस्था सामान्य छ ।

चिकित्सकका अनुसार समान्यतया बच्चाको तौला २.५ केजीदेखि ४ केजीसम्म हुने गर्दछ । यस्तो अवस्थाका बच्चाहरूको उपचार काठमाण्डौ तथा बाह्य देशहरूमा हुने गर्दछ ।

Related News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
  • २०८० जेष्ठ १५

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...

TOP