२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु

बैतडी – बैतडीको एक होटेलमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ ।

मेलौली नगरपालिका ७ काँडा बजारस्थित रिसब होटेलमा बेहोस अवस्थामा भेटिएका पञ्चेश्वर गाउँपालिका २ का ५७ बर्षीय रनी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

भारतबाट आएका चन्द जेठ ११ गतेदेखि उक्त होटेलमा बसीरहेका थिए । आज विहान खाना खानका लागि होटेलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए ।

बेहोस अवस्थामा फेला परेका चन्दको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । चन्दको मृत्युको कारण भने खुल्न सकेको छैन् ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० जेष्ठ १४

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP