२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु

बैतडी – बैतडीको एक होटेलमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ ।

मेलौली नगरपालिका ७ काँडा बजारस्थित रिसब होटेलमा बेहोस अवस्थामा भेटिएका पञ्चेश्वर गाउँपालिका २ का ५७ बर्षीय रनी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

भारतबाट आएका चन्द जेठ ११ गतेदेखि उक्त होटेलमा बसीरहेका थिए । आज विहान खाना खानका लागि होटेलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए ।

बेहोस अवस्थामा फेला परेका चन्दको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । चन्दको मृत्युको कारण भने खुल्न सकेको छैन् ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०८० जेष्ठ १४

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP